Deneme Bonusu Veren Siteler
शनिबार, पौष २०, २०८१
Saturday, January 4, 2025

टोकियो – उत्तर कोरियाका ह्याकरले जापानबाट ७२१ मिलियन डलर बराबरको क्रिप्टोकरेन्सी चोरेको रिपोर्ट बाहिरिएको छ । रोयटर्समा प्रकाशित समाचारका अनुसार उत्तर कोरियासँग आबद्ध ह्याकरले जापानबाट सन् २०१७ देखि २०२२ का ५ वर्षमा ७२१ मिलियन डलर बराबरको क्रिप्टो चोरी गरेको हो ।

यो रकम गत सात वर्षमा विश्वभर भएको कुल क्रिप्टो चोरीको ३० प्रतिशत हो । बेलायती ब्लकचेन एनलाइसिस कम्पनी एलिप्टिकले सार्वजनिक गरेको रिपोर्टले यो विषय बाहिर ल्याएको हो ।

शनिबार मात्रै जापानका पूर्व तथा हाल बहालवाला अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूले सामूहिक विज्ञप्ति जारी गर्दै दैनिक रूपमा बढिरहेको यस्ता चुनौतीलाई सामना गर्न आफूहरू सहयोगका लागि तयार रहेको बताएका थिए । विज्ञप्ति जारी भए लगत्तै कम्पनीले यो रिपोर्ट सार्वजनिक गरेको रोयटर्समा उल्लेख छ ।

एलेप्टिकले यो रिपोर्ट एक जापानी पत्रिकाको लागि सार्वजनिक गरेको हो । रिपोर्टका अनुसार सन् २०१७ देखि २०२२ को बिचमा भएको कुल क्रिप्टो चोरी मध्ये व्यावसायिक कम्पनीहरूको मात्र २ अर्ब ३० करोड डलर बराबरको क्रिप्टो रहेको छ ।

तपाईको प्रतिक्रिया