Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काभ्रेपलाञ्चोकमा कक्षा ६ देखि १० सम्मका करिब १६ हजार छात्राले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप पाउने भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयले खोप कार्यक्रम सञ्चालन गर्न आवश्यक तथ्याङ्क सङ्कलन कार्य सकिएको जानकारी दिएको छ।

राष्ट्रिय खोप अभियानको यो चरण माघ २२ देखि फागुन ६ सम्म एकसाथ सञ्चालन हुनेछ। जिल्ला भरका २५२ सामुदायिक र ८४ निजी विद्यालयका १५ हजार ६८६ छात्रा तथा विद्यालयबाहिरका २४९ किशोरीलाई यो खोप दिने योजना छ। विद्यालय बाहिरका किशोरीको उमेर प्रमाणित गर्न जन्मदर्ताको आधार प्रयोग गरिनेछ। कार्यक्रमका लागि अन्तिम तयारी भइरहेको र विद्यालयहरूलाई नै खोप केन्द्रका रूपमा प्रयोग गरिने बताइएको छ। अभियानको अन्तिम दिनमा स्वास्थ्य संस्थाहरूबाट खोप उपलब्ध गराइनेछ।

नेपाल सरकारद्वारा डब्लुएचओले मान्यता दिएको यो खोप १० देखि १४ वर्षका किशोरीमा एचपिभी संक्रमण रोक्न लक्षित गरिएको हो। एक तथ्याङ्क अनुसार, नेपालमा वार्षिक २,२०० महिलामा पाठेघरको क्यान्सर देखिन्छ, जसमा १,३०० को मृत्यु हुने गरेको छ। यो अभियान महिलाहरूलाई सुरक्षित भविष्य प्रदान गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम हो।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया