Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पश्चिमी वायुको हल्का प्रभावका कारण गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य स्थानहरूको मौसम प्रस्ट छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र उपत्यकाका धेरै स्थानमा बिहान हुस्सु र कुहिरो लागेको छ। जसले जनजीवनमा केही कठिनाइ सिर्जना गरेको छ। विशेषतः यातायात, हवाई सेवा र स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ।

दृश्यता कमजोर हुँदा सवारी साधन चलाउँदा सचेत रहन र हवाई उडान प्रभावित हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ। दिउँसो मौसम सामान्य रहने भएकाले जरुरी कामहरू र दिउँसोनै गर्न सुझाव दिइएको छ। राति हिमाली क्षेत्रका केही भागमा आंशिक बदलीको सम्भावना छ। काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको छ।

यो चिसोबाट बच्न विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिलाई न्यानो कपडा लगाउने, तातो पेय सेवन गर्ने र सावधानी अपनाउने सल्लाह दिइएको छ। चिसो हावा र कुहिरोका कारण दैनिक जीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक तयारी गर्न मौसमविद्हरूले आग्रह गरेका छन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया