Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्काको मृत्युको कारण अझै खुलेको छैन । ओखलढुंगाका देवबहादुर थापासँगै वाग्मती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी खड्काको शव बुधबार फेला परेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनीसँगै बस्दै आएका २३ वर्षीय थापा भने फरार छन् । प्रहरीले उनको खोजी जारी राखेको छ । मृत भेटिएकी सुस्मिताको शरीरको बाहिरी भागमा कुनै चोटपटक छैन । तर, उनीसँगै बसेका युवा भागेका कारण उनको हत्या भएको प्रहरीको आशंका छ ।

प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ । तर, दुई दिनसम्म पनि पोष्टमार्टम रिपोर्ट नआउँदा उनको मृत्युको कारण खुल्न नसकेको हो ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सुस्मिताको मृत्यु भएपछि हाल फरार रहेका थापाले बाहिरबाट चाबी लगाएर भागेका थिए । फरार रहेका थापा मंसिर ३० गते मात्रै जापानबाट काठमाडौं आएको खुलेको छ । उनी बिहीबार फर्किने तयारीमा थिए । प्रहरीले थापाको ट्राभल रोक्का राख्न अध्यागमन कार्यालयलाई पत्राचार गरिसकेको छ । प्रहरीका अनुसार सुस्मिता समेत जापान जाने तयारीमा थिइन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया