शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत जापानले जर्मनीमाथि शानदार जित निकालेको छ । बुधबार सम्पन्न खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

जापानको जितमा रिटसु डोआन र टाकुमा असानोले एक एक गोल गरेका थिए । खेलको ३३औ मिनेटमा जर्मनीका इके गुनडोगनले पेनाल्टीमार्फत गोल गरेर अग्रता लिएको भएपनि जापानले दोस्रो हाफको अन्तिम समयमा खेलमा पुनरागमन गर्दै २ गोल गरेको थियो ।

एशियामा आयोजित यस विश्वकपमा एशियाली टिमले राम्रो प्रदर्शनको शुरुवात गरेका छन् । यस अघि समूह सी को खेलमा साउदी अरेबियाले उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि समूह ई मा जापानले महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ ।

तपाईको प्रतिक्रिया