काठमाडौं – नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८–७९ मा उक्त रकम बराबरको बाद्ययन्त्र विभिन्न देशबाट आयात गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा २५ करोड ९७ लाख ६२ हजार रुपैयाँको बाद्ययन्त्रहरु भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा विभिन्न देशबाट २० करोड ९७ लाख ६५ हजार रुपैयाँको वाद्ययन्त्रहरु नेपाल भित्रिएको थियो ।
विभागका अनुसार गत आर्थिक वर्ष १ करोड ३७ लाख ५० हजार रुपैयाँको पियानो नेपालले आयात गरेको थियो । सोही समयमा ४ करोड ९५ लाख ३० हजार रुपैयाँको गीतार र ३ करोड ६३ लाख ८४ लाख रुपैयाँको किबोर्ड नेपालले आयात गरेको थियो ।
प्रकाशित मिति: बुधबार, भाद्र ०१, २०७९
प्रकाशित समय: २०:१८:२२