Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – मङ्गलवार सामान्य घटेको सेयर बजार आज बुधवार ६ अङ्कभन्दा धेरैले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७१ अङ्कले घटेर २ हजार १ सय ८६ दशमलव ७७ विन्दुमा झरेको छ ।

आज व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेकोमा बीमा समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय १८ वटा कम्पनीको ९५ लाख ४२ हजार कित्ता सेयर चार अर्ब दुई करोड रुपैयाँका कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज स्ट्यान्डर्ड चार्टेड बैंकको शेयर झन्डै चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि साम्लिङ पावर कम्पनी र बलेफी हाइड्रोपावरको सेयर झन्डै १० प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया