सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – आगामी स्मार्टफोन आईफोन १४ मा सुधारिएको सेल्फी क्यामेरा हुने र जसमा अटोफोकससँगै फराकिलो अपार्चर रहने बताइएको छ ।

प्रसिद्ध विश्लेषक मिङ्ग-चि कूले प्रयोगकर्ता नजिक वा टाढा रहेको जतासुकै भएको अवस्थामा आईफोनले सुस्पष्ट तस्वीर खिच्न सक्ने अटोफोकस सहितको सेल्फी क्यामेरा रहने पूर्वानुमान गरेका हुन् । जब कि वर्तमान आईफोनमा फिक्स्ड फोकस क्यामेरा फिचर रहेको छ ।

कूको पूर्वानुमान अनुसार आगामी आईफोनमा एफ/१.९ को फराकिलो अपार्चर हुनेछ । जब कि आईफोन थर्टिनमा एफ/२.२ को अपार्चर रहेको छ ।

जसले ब्याकग्राउन्डमा टच गरेको अवस्थामा त्यसलाई ब्लर  गरी थप प्रकाश भित्र प्रवेश गराउनेछ । जसबाट रातको समयमा खिचिने सेल्फीका साथै फेसटाइम पोट्रेट मोडलाई अझ राम्रो बनाउनेछ । तर अटोफोकस भएको सेल्फी क्यामेरामा आईफोनको यो अभूतपूर्व प्रयास भने होइन ।

किन भने सामसङले आफ्नो ग्यालेक्सी एस २२ मा यस अघि नै अटोफोकस समावेश गरिसकेको छ । अन्य स्मार्टफोन निर्माताका लागि भने यो सामान्य क्यामेरा फिचर होइन । गुगल र वनप्लसका पछिल्ला फ्ल्यागशिप फोनहरूमा फिक्स्ड फोकस सेल्फी क्यामेरा राखिएको छ ।

तपाईको प्रतिक्रिया