Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । यसअघि कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता कायम राखिरहेका थिए ।

अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना भइरहेको छ । जसमध्ये वडा नम्बर १, २ र ३ को गणना हुँदा डम्बरले अग्रता लिएका थिए । तर, वडा नम्बर ४ मा भने सुहाङ ठूलो मतान्तरसहित अघि लागेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार सुहाङले यो वडामा ९१२ मत ल्याएका छन् भने डम्बरले ५ सय ३९ मत ल्याएका छन् । अहिलेसम्मको मतपरिणाम अनुसार सुहाङको कुल मत २५४२ पुगेको छ भने डम्बरको २१९७ पुगेको छ । उनीहरूबीचको मतान्तर ३४५ रहेको छ ।

यो वडाबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १ सय ६३ मत प्राप्त गरेका छन् । यो सँगै उनको ५ सय ९३ मत जम्मा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले वडा नम्बरबाट ७१ मतसहित ३७९ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया