मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

भारतको युपीस्थित संभल जिल्लामा भगवान् शिवको एउटा अनौठो मन्दिर रहेको छ । जहाँ मानिसहरूले शिव लिङ्गमा फुल, बेल पत्र र दूध नभएर कुचो चढाउने गरेका छन् ।

संभल जनपद बहजोइ थाना इलाकामा सय वर्षअघिदेखि प्राचीन भगवान् शिवलाई यही अनौठो पूजा हुँदै आएको छ । भक्तजनले मन्दिरमा वर्षौँदेखि पतालेश्वर महादेवलाई यही झाडु अर्पित गर्दै आएका छन् ।

महाशिवरात्रिको मौकामा लाखौँको सङ्ख्यामा भक्तजन देशभरबाट आउने गर्दछन् । यहाँ आउने भक्तजनको चर्मरोग निको हुने जनविश्वास रहिआएको छ । शिवरात्रिकै दिन ठूलो मेला लाग्ने गर्दछ । यहाँ आउने भक्तजनले चढाएको पैसाको कुनै लेखाजोखा भने हुँदैन ।

तपाईको प्रतिक्रिया