आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – माघे संक्रान्तिमा तरुल तथा चाकु खानुपर्ने परम्परा छ। तरुल एकप्रकारको कन्दमूल हो । यो प्रायः हिउँदमा पाइन्छ । विशेषगरी, तरुल तरकारी र खाजाका लागि उपयोग गरिन्छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो लाभदायी छ ।

यो प्राकृतिक एवं मौसमी खानेकुरा भएकाले जाडो याममा यसको सेवन शरीरका लागि उपयोगी र आवश्यक हुन्छ । प्राचिन मानिसको मुख्य खाद्यपदार्थ भनेकै कन्दमुल र फलफूल थियो । यसबाट प्रोटिन, मिनरल र विभिन्न प्रकारका भिटामिन पाइन्छ । जमिनमुनि तयार हुने भएकाले यसबाट ग्लुकोजको मात्रा पनि प्रशस्तै पाइन्छ । तरुललाई साप्ताहिक रुपमा नियमित प्रयोेग गर्दा स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।

सामान्यत तरुल अनुकुल माटो र हावापानीमा सहजै उत्पादन हुने गर्छ । यसका लागि अतिरिक्त मल र विषादी प्रयोग गर्नु पर्दैन । त्यसैले तरुल पूर्णत अर्ग्यानिक खानेकुरा हुन् ।

अब जानौँ, तरुलको उपयोगिता ।

– तरुलमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । जसले गर्दा पाचन प्रणालीसम्बन्धी समस्याबाट छुटकारा मिल्छ । यसमा पाइने फाइबरको मात्राले पेट सफा गर्छ र कब्जियत र पायल्स हुनबाट बचाउँछ ।
– तरुलमा एकप्रकारको एन्टिअक्सिडेन्ट पाइन्छ । जसले क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्छ ।
– तरुलमा भिटामिन बी पाइन्छ । त्यसैले, मुटुसम्बन्धी समस्याका लागि यो फाइदाजनक छ ।
– तरुल काब्रोहाइडेटको राम्रो स्रोत हो । यसको सेवनले शरीरमा ऊर्जा मिल्छ ।
– छाला तथा श्वास–प्रश्वाससम्बन्धी समस्याबाट छुटकारा पाउन तरुल खान आवश्यक छ ।
– जापान, कोरिया आदि देशमा तरुललाई आयुर्वेदिक औषधिको रूपमा प्रयोग गरेको पाइन्छ ।
– विभिन्न अनुसन्धानअनुसार तरुल खानाले मस्तिष्कको विकास हुन्छ र बुद्धि तथा क्षमता बढ्छ ।

तपाईको प्रतिक्रिया