सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौँ – सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिन समेत कोरोना खोप कार्ड अनिवार्य गरेपछि सर्वसाधारणहरूको फेरि खोप केन्द्रमा भीडभाड देखिन थालेको छ । राजधानीका विभिन्न खोप केन्द्रहरुमा पछिल्लो दिनमा बाक्लो संख्यामा सर्वसाधारण खोप लगाउनका लागि पुग्ने गरेको पाइएको हो।

सीसीएमसीसीको सिफारिसअनुसार विभागीय मन्त्रालय र स्थानीय प्रशासनले आगामी माघ ७ देखि कोरोनाको खोप लगाएको कार्ड अनिवार्य गरेका छन् । सोहीअनुसार खोप लगाउनका लागि सर्वसाधारणहरू खोप केन्द्रहरु पुगेका हुन् ।

३ फरक किसिमको खोप लगाउन बिहानैदेखि मानिसहरू टेकुमा पुगेका थिए । आइतबार बिहानैदेखि मानिसहरू खोप लगाउन आइरहेको अस्पतालले जनाएको छ । आइतबार करिब १२००, सोमबार २०००, मंगलबार २५०० र आज करिब ३००० जनाले खोप लगाएको अस्पताल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया