Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

टोकियो – जापानलाई मानिसहरुले पृथ्वी ग्रह कै भविष्यवादी ठाउँको रूपमा हेर्दछन् । उच्च प्रविधि – थ्रीडी बिलबोर्ड, सुपर-फास्ट बुलेट ट्रेन, रोबोट, भेन्डिङ मेसिन, अत्याधुनिक डिजाइनहरु, र दर्जनौं फङ्गसन भएका साइ-फाई शौचालयहरूका कारण चिनिने देश हो जापान ।

तर दूर्भाग्य नै मान्नुपर्छ संसारका धेरै भागहरूमा चरणबद्ध रूपमा हराउँदै गएको काजगको भने जापानमा बलियो पकड छ ।

“कागज” जापानी संस्कृतिको अनिवार्य हिस्सा हो । जापानमा सरकारी कामकाजका लागि आवश्यक पर्ने अनगिन्ती संख्याका फारमहरू देखि व्यवसायिक कार्ड आदानप्रदान सम्म जताततै कागज नै कागजको प्रयोग देखिन्छ । यहाँ दैनिक जीवनमा आइपर्ने स-साना काम देखि सरकारी प्रशासनका सबै काम कागज मै निर्भर छन् ।  संसारभर लोप हुँदै गरेको फ्याक्स मेसिन जापानमा अझै पनि व्यापक रूपमा प्रयोग गरिन्छ ।

देशका विभिन्न विभागहरुमा कम्प्युटर प्रणालीहरू नआएका पनि होइनन् ।  तर मुख्य सरकारी मन्त्रालयहरूको अझै पनि कागजी फारम, हान्को र भौतिक उपस्थिति मै लेनदेन हुनैपर्ने खालको कार्य प्रणाली रहेको छ । जसले गर्दा  विभागहरुले भौतिक बैठक बिना सम्बन्धित मन्त्रालयहरूसँग आधिकारिक रुपमा सम्पर्क गर्न गाह्रो छ । यस प्रणालीको कारण देशको कोभिड-१९ को “आपतकालीन अवस्था” को समयमा पनि कर्मचारीहरु काम पूरा गर्न कार्यालयमा जानु पर्ने स्थिति थियो ।

देशका धेरै त्यस्ता क्षेत्र र उद्योगहरु छन्, जसलाई डिजिटल रुपान्तरणको खाँचो छ । सरकारको कागजी कार्य प्रणालीले गर्दा निजी क्षेत्रले पनि डिजिटल हुन संघर्ष गरिरहेको छन् । इन्टरनेट युगको उदयसँगै निजी क्षेत्रहरुमा सेवाग्राहीलाई अनलाइनमार्फत सेवा प्रदान गर्ने होड चलिरहेकै छ । तर सरकारसँग उनीहरूको सबै अन्तरक्रियाका लागि कागजी र भौतिक उपस्थिति आवश्यक हुँदा निजी क्षेत्र पनि पूर्ण ‘डिजिटल’ रुपमा परिवर्तन हुन सकेका छैनन् ।

डिजिटल जापानको रुपमा सरकारले एक किसिमको अग्रसरता देखाएको छ । प्रधानमन्त्री फुमियो किशिदाले यी समस्याहरूलाई सम्बोधन गर्ने वाचा गर्दै “डिजिटल गार्डन सिटी”को अवधारणा ल्याएका छन् । तर देशका धेरै मानिसहरूले चाहिँ अझै वास्तविक डिजिटल सुधारको आशा नगर्ने सर्बेक्षणले देखाएको छ । जापानमा डिजिटल साक्षरताको दर न्यून छ । यो अहिले सुरुवाती चरणमा छ र ठूलो जनसंख्यामाझ पुग्न अझैं समय लाग्ने निश्चित छ ।

डिजिटल युग आजको विश्वको आवश्यकता हो । आवश्यकता अनुसारको डिजिटल संस्कृतिमा सरिक हुने हो भने देशको सामाजिक आर्थिक समृद्धिलाई सबल बनाउनेछ । निःसन्देह प्रविधिले डिजिटल अर्थतन्त्रको गतिलाई तीव्रता दिन मूख्य भुमिका खेल्नेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया