Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – एसियाली विकास बैंक (एडीबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसित भेटवार्ता गरेका छन्। सो भेटवार्तामा गृहमन्त्रीले एडीबीद्वारा भौतिक पूर्वाधार विकासमा पुर्‍याइएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सुदूरपश्चिमको विकासका विभिन्न परियोजनाहरूमा थप योगदानका लागि आग्रह गरेका छन्।

भेटका क्रममा मन्त्री लेखकले पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्डको स्तरोन्नति, महाकाली करिडोरको सडक निर्माण र गोदावरी–डडेलधुरा सडक स्तरोन्नतिलाई प्राथमिकताका साथ अघि बढाउन एडीबीको सहकार्य आवश्यक रहेको बताए। दोधारा चाँदनी सुख्खा बन्दरगाहलाई नमुना बनाउने योजनामा भौतिक संरचनाको विकासका लागि पनि उनले एडीबीको सहयोगको माग गरे।

सुदूरपश्चिममा निर्माण भइरहेको आधुनिक सहर परियोजनाहरूलाई निरन्तरता दिने र धार्मिक पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकासमा समेत सहकार्यका सम्भावनाहरूको विषयमा गहन छलफल भयो। गृहमन्त्रीले एडीबीद्वारा गरिएको पर्यटकीय विकास सर्वेक्षणलाई कार्यान्वयनमा जोड दिए। जवाफमा निर्देशक कोस्वाले गृहमन्त्रीद्वारा प्रस्तुत मुद्दाहरूलाई गम्भीरतापूर्वक लिनेसहित एडीबीको उच्च व्यवस्थापनमा छलफल गरी उचित निर्णयको सुनिश्चितता दिने प्रतिवद्धता जनाए।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया