Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगो मङ्गलबारदेखि नै नियन्त्रणमा आउन सकेको छैन। खानीखोला गाउँपालिका-१ थामलेख डाँडाको भिर क्षेत्रबाट आगलागी सुरु भएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार, आगलागी नियन्त्रणका लागि नेपाली सेना, प्रहरी र स्थानीयहरू जुटेका छन्। सुरक्षाकर्मीलाई मानवबस्ती जोगाउन प्राथमिकता दिन तथा आवश्यक परे बस्ती स्थानान्तरणको तयारी गर्न निर्देशन दिइएको छ। डिभिजन वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले आगलागीको अवस्था जटिल भएको जानकारी दिँदै, नियन्त्रणका लागि जिल्ला प्रशासन र सुरक्षा निकायको संयुक्त बैठकबाट थप उपायहरूको खोजी भइरहेको बताए।

आगलागी नियन्त्रणका लागि थप जनशक्ति र उपकरण परिचालन गर्ने योजना प्रजिअ ढकालले बताएका छन्। घटनास्थल नजिकको मानवबस्ती करिब तीन किलोमिटर टाढा रहेको र हालसम्म कुनै जनधन तथा पशु क्षति नभएको प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया