Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेकसम्बन्धी बहस हेर्दाहेर्दैमा राखिएको छ। रुपन्देही जिल्ला अदालतमा जारी बहस आज नसकिएपछि यो प्रक्रिया भोलिका लागि सारिएको हो।

सुप्रिम सहकारी ठगी प्रकरणका मुख्य प्रतिवादी लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए। सोही दिन उनको बयान सकिएपछि बिहीबारदेखि थुनछेक बहस सुरु भएको हो। जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहसको क्रम जारी रहेको छ। आज पनि अदालतले उनलाई परिवारको जिम्मा लगाउने आदेश दिएको छ।

बिहीबार सरकारी वकिलहरूले आफ्नो तर्क राखेका थिए। उनीहरूको तर्कपछि पीडित पक्षका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरे। यस्तै, पीडित पक्षबाट अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले आफ्नो बहस भोलि मात्र गर्ने भएका छन्। यो मुद्दामा अदालतले अन्तिम निर्णय लिनुअघि थप कानुनी बहस भोलि जारी रहनेछ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया