सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – विश्व करीव २०० देशहरू र ७.५ विलियन भन्दा बढी मानिसहरूसँगै अनेकौ चाखलाग्दो, रमाईलो र मनमोहक मानिसहरू, ठाउँहरू र चीजहरूले भरिएको छ । हामीले यस्तै केहि चाखलाग्दो तथ्यहरूको बारेमा यहाँ प्रस्तुत गरेका छौ ।

• उत्तर कोरिया र क्युबा मात्र यस्ता स्थानहरू हुन् जहाँ कोका-कोला सजीलै पाइदैन
तपाईं हामी जहाँ भए पनि कोका कोलाको मजालिनु कुनै समस्याको विषय होइन । बीबीसीका अनुसार यो पेय पदार्थ व्यावहारिकरूपमा जताततै बेचिन्छ र किनिन्छ । तर दीर्घकालीन अमेरिकी व्यापार प्रतिबन्धका कारणकोका-कोला उत्तर कोरिया वा क्युवासम्म अझै (आधिकारिक रूपमा)गएको छैन । यद्यपि यी देशमा छिमेकी देश-मेक्सिको,चीनबाट भने कम मात्रामा कोका कोला भित्रिएको भेटिन्छ र सामान्यतया अन्य देशमा भन्दा धेरै महँगो मूल्य तिरेर उपभोग गर्नुपर्ने हुन्छ ।

• संसारमा अहिले सबै भन्दा धेरै जुम्ल्याहा छन्
हामीलाईजुम्ल्याहाहरूविरलै हुन्छन् भन्ने लग्न सक्दछ, तर वास्तवमा अहिले जुम्ल्याहाहरूपहिलेभन्दा झनै सामान्य हुँदै गइरहेकाछन् । तथ्यांक अनुसारअहिले जन्मेका प्रत्येक ३० बच्चा मध्ये एक बच्चा जुम्ल्याहा हुन्छन् । वैज्ञानिकहरूले उमेर बढी पुगेको महिलाहरूले बढी जुम्ल्याहा जन्माउने प्रवृत्ति रहेको विश्वास गरेका छन् ।

• अन्य देशभन्दा फ्रान्समा धेरै मानिसहरु भ्रमण गर्छन्

फ्रान्स स्वादिष्ट वाइन, अद्भुत चीज र रोमान्सले भरिएको एक सुन्दर देश हो । संयुक्त राष्ट्र विश्व पर्यटन संगठन अनुसार विश्वका अन्य कुनै पनि मुलुकको तुलनामा धेरै मानिसहरू फ्रान्सको भ्रमण गर्न चाहन्छन् । त्यस्तै मानिसहरु दोस्रोमा स्पेन, तेस्रो अमेरिका, चौथोमा चीन र पाँचौमा इटाली भ्रमण गदर्छन् ।

• इन्डोनेसिया विश्वको सबैभन्दा होचा व्यक्तिहरूको घर हो
संसारको सबै ठाउँमा होचो र अग्लो मानिसहरु हुने गर्दछन् । विश्वव्यापी स्रोतहरूबाट संकलित तथ्यांक अनुसार इन्डोनेसिया विश्वका सबै भन्दा होचा व्यक्तिहरूको घर रहेको छ ।

• जापान विश्वको सबैभन्दा भूकम्प प्रवण देश हो
भूकम्प स-साना थरथर कम्पन देखि ठूलो विनाशकारीसम्मकोहुन्छन् । भूकम्प पृथ्वीमा बस्ने हामीहरुकोलागि अपरिहार्य अंश हो । यस ग्रहका केही भाग जस्तै-चीन, इन्डोनेसिया, इरान र टर्की भूकम्पले ग्रस्त ठाउँहरू हुन् । यद्यपि अमेरिकी भूगर्भीय सर्वेक्षण अनुसार जापानले विश्वमा सबैभन्दा बढी भूकम्प रेकर्ड गरेको छ ।

• मोहम्मद विश्वमा सबैभन्दा लोकप्रिय नाम मानिन्छ
विश्वको सबैभन्दा लोकप्रिय नाम मोहम्मद हो भन्ने विश्वास गरिन्छ । विश्वभरका १५० मिलियन मनिसको नाम मोहम्मद रहेको छ । इस्लामी धर्ममा यो नाम अनिवार्य नै त छैन तर व्यापक रूपमा प्रयोग गरिएको छ ।

• दक्षिण सुडान विश्वको सबैभन्दा कान्छो देश हो
विश्वमा केहि देशहरू सयौं वर्ष पुरानो छन् भने केहिको हजारौं बर्षको इतिहास छ । तर उत्तर अफ्रिकामा दक्षिण सुडानले २०११ मा मात्र सुडानबाट स्वतन्त्रता प्राप्त गर्यो, जसले वर्तमानमा यसलाई विश्वको सबैभन्दा कान्छो देश बनाउँछ।

• विश्वको ५२ प्रतिशतभन्दा बढी जनसंख्या ३० बर्ष भन्दा कम उमेरको रहेको छ
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)का अनुसार २०१२ सम्म विश्वको ५०.५ प्रतिशत जनसंख्या ३० बर्ष भन्दा कम उमेरका मानिस थिए । ती युवाहरू मध्ये ८९.७ प्रतिशत विकासशीलअर्थतन्त्र रहेका पूर्व र अफ्रिकामा रहेका थिए ।

• विश्वको ४३ देशहरूमा अझै शाही परिवार छन्
ब्रिटिश शाही परिवार यस ग्रहमा सबैभन्दा प्रसिद्ध शाही परिवार हुन् । ब्रिटिश सहित विश्वमा अझै २८ शाही परिवारहरू छन् जसले विश्वभरकाकूल ४३ देशहरूमाशासन गर्दछन् । जस्तै – जापान, स्पेन, स्वाजील्याण्ड, भुटान, थाइल्याण्ड, मोनाको, स्विडेन, नेदरल्याण्ड आदि ।

• संसारभरकोचिडियाखानामा रेहका विशाल पाण्डाहरू चीनबाट भाडामा लिइएको हो
संसारकै दुर्लभ जनवारपाण्डाको मुख्य भूमि चीन हो भने संसारका केवल २२ वटा चिडियाखानाहरुमापाण्डाहरु राखिएका छन् । तपाईं हामीले स्थानीय चिडियाखानामा देखिने पाण्डा चीनबाट भाडामा ल्याइएका हुन् । तसर्थ यी पाण्डा चीन सरकारको सम्पत्ति हुन् ।

• न्यूजील्यान्डहरु का अन्य देशमा भन्दा धेरै घरमा घरपालुवा जनावरहरु छन्
न्युजील्याण्डका मानिसहरुपशुको साथी बन्न मनपराउँछन्। त्यसैले त्यस देशका ६८ प्रतिशत घरमा घरपालुवा जनावरहरू छन् । जुन संसारमा अन्य कुनै पनि राष्ट्र भन्दा धेरै हो ।

अरु कुनै भाषा भन्दा धेरै मानिस चीनियाँ मन्दारिन भाषा बोल्दछन्
करीव ९५० मिलियन मात्री भाषक बाहेक संसारमा २०० मिलियन मानिसले मन्दारिन भाषा दोस्रो भाषाको रूपमा प्रयोग गर्दछन् । यो विश्वमा सबैभन्दा लोकप्रिय भाषा हो।

तपाईको प्रतिक्रिया