सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – बच्चाको नाम धेरै परिवारका लागि धेरै महत्त्वपूर्ण छन् । नाम भनेको बच्चालाई आमा-बुबाले दिएको त्यस्तो उपहार हो, जुन जीवनभर ऊसँग रहन्छ ।  सम्पूर्ण जीवनभरको लागि उसको पहिचान हुन्छ ।

जापानमा हरेक वर्ष विभिन्न कम्पनीले बच्चाको नामको र्याङ्किङ गर्दै आएका छन् । २०२१मा बेनेसेएद्वारा आयोजित वार्षिक सर्वेक्षणमा जापानमा सर्वाधिक लोकप्रिय नाममा छोरीको लागि हिमारी रहेको छ भने छोराको लागि रेन रहेको छ ।

सो र्याङ्किङ अनुसार यस वर्षको लोकप्रिय शिर्ष १० जापानी प्यारा नामहरूमा छोरीको लागि – हिमारी,  त्सुमुगी, रिन, मेइ, आओइ, हिना, मिओ, रिको, यूइना, आन हुन् ।  त्यस्तै  छोराको १० शिर्ष नामहरुमा – रेन, हारुतो, आओइ, इत्सुकी, मिनातो, आसाही, आओ, हिरोतो, रित्सु, दान हुन् ।

जापानी भाषामा बच्चाको नामकरण प्रणाली अद्वितीय छ । सामान्यतया, एउटै जापानी नाम पनि फरक फरक कान्जीमा लेख्न सकिन्छ । त्यसकारण, धेरै जापानी नामहरू उस्तै सुनिन्छ तर फरक कान्जीमा व्यक्त गरिन्छ ।

जापानी बच्चाको अधिकांश नाम  प्रकृतिसँग सम्बन्धित हुन्छन् र विशेष सन्देशहरू बोक्दछन् जुन प्राय: परिवार र समाजमा जडित हुन्छन् ।

तपाईको प्रतिक्रिया