मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो –  प्राय: लिफ्टमा ऐना हुने गर्दछ । धेरै चोटि हामी यस्ता अनौंठो कुरा याद गर्न असफल हुन्छौं ।  के तपाइँले कहिले सोच्नुभएको लिफ्टमा ऐना किन राखिने गरिएको छ ?

लिफ्ट भित्र ऐन राख्ने अभ्यास पहिलोपटक जापानबाट सुरु भएको हो । लिफ्टमा ऐना हुनुको कारणहरु दुवै सुरक्षा र मनोविज्ञानसंग सम्बन्धित छन् ।

पहिलो कारण लिफ्टमा हुँदा सामान्यतया मानिसहरु बोर हुन्छन् । ऐना अगाडी हुँदा अधिकांश मानिसहरुको ध्यान आफू वा आफ्ना वरिपरी तिर जाने गर्दछ ।  यसले हामी लिफ्टबाट आफ्नो गन्तब्यमा पुगेको समय अवधि छोटो भएको अनुभब दिने गर्दछ ।

त्यस्तै अर्को कारण हो सुरक्षा,  लिफ्टमा हुने ऐनले हाम्रो सुरक्षालाई बढावा दिन्छ । ऐनामा देखिने प्रतिबिम्बले लिफ्टमा सवार अन्य मानिसहरुमा एक सतर्क नजर राख्न सहयोग गर्दछ । जसकारण पाकेटमार, लुटमार  र अन्य अपराधहरु रोक्न मद्दत हुने गर्दछ ।

त्यसैगरी धेरै मानिसहरु क्लस्त्रो फोबिया (claustrophobic – सानो वा बन्द ठाउँमा रहदा हुने डर)बाट पिडित हुने गर्दछन् । ऐनाले सानो लिफ्टमा पनि ठाउँ ठुलो देखिन सहायोग गर्दछ र यस्ता मानिसलाई आफू फराकिलो ठाउँमा रहेको महसुस गराउन सहयोग गर्दछ ।

जापान एलिभेटर संघका अनुसार लिफ्टमा ऐना हुनुको मुख्य कारण भने व्हीलचेयर प्रयोग गर्ने यात्रुलाई लिफ्ट भित्र जान र बाहिर निस्कन सजीलो बनाउनु हो ।

सबै लिफ्ट ह्वीलचेयर घुमाएर भित्र बाहिर गर्नका लागी पर्याप्त ठूलो नहुन सक्छ, त्यसकारण लिफ्टमा भएको  ऐनाले पछाडिको दृश्य हेरेर ह्वीलचेयर वाहक यात्रुलाई उल्टोबाट नै लिफ्ट चढ्न वा निस्कन सहयोग गर्दछ ।

तपाईको प्रतिक्रिया