मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो –  बहुमूल्य धातु सुनको महत्व विश्वभर नै छ । हामी नेपालीमा  पनि सुनका गहना लगाउने प्रचलन धेरै भएकाले सुनलाई विशेष महत्व दिइन्छ ।

तर सुनसँग सम्बन्धित केही रोचक तथ्यहरु छन् । जसबारे हामी धेरै जानकार नहुन सक्छौं ।

– समुद्रमा यति धेरै सुन छ की समुद्रको सबै सुन निकाल्ने हो भने पृथ्वीका प्रत्येक व्यक्तिलाई चार किलोका दरले भाग लगाउँन पुग्छ ।

– पृथ्वीको सबैभन्दा भित्री भागमा धेरै सुन छ । पृथ्वीको आकार निर्माण भइ रहँदा सुन पृथ्वीको भित्र भासिदै गएको वैज्ञानिकहरु बताउँछन् ।

– सुन्दैमा आश्चर्य लाग्ने कुरा के भने कुनै समय सुन नभइ एल्मुनियम सबैभन्दा बहुमूल्य धातु थियो । सम्पन्न व्यक्तिहरु एल्मुनियमको भाँडा वर्तन प्रयोग गर्थे भने गरीबहरु सुनको भाडाँकुडा प्रयोग गर्थे ।

– युएईको दुवै शहरमा यस्तो एटीएम छ, जहाँबाट पैसा निकाले जस्तो सुनका टुक्रा निकाल्न सकिन्छ ।

– संसारमा सबैभन्दा बढी सुनका गहना भारतीय महिलाले लगाउँछन् । सबै भारतीय महिलाको सुन मिलाउँदा त्यो विश्वमा भएको सुनको ११ प्रतिशत हुन्छ ।

– ओलम्पिकको स्वर्ण पदकमा जम्मा एक प्रतिशत सुन मिसाइएको हुन्छ ।

– मान्छेको शरीरमा दुई मिलीग्राम सुन हुन्छ । धेरै जसो सुनको मात्रा रगतमा हुन्छ ।

तपाईको प्रतिक्रिया