शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – नेपाली साझा समाज जापान ‘गुन्मा इन्टरनेशनल एक्चेञ्ज अवार्ड’बाट प्रशंसा पत्रसहित सम्मानित भएको छ । अक्टोबर १५ तारिख गुन्मा केन मुख्यालयमा आयोजित एक विशेष समारोहमा समाज सम्मानित भएको हो । उक्त समारोहमा गुन्मा केनको तर्फबाट केन उपप्रमुखको नेतृत्वमा उच्च पदस्थ कर्मचारी तथा नेपाली साझा समाज जापानको तर्फबाट अध्यक्ष बुद्धि शेरचन, कोषाध्यक्ष आलोक श्रेष्ठ र सल्लाहकार रन्जय अमात्यको उपस्थिति रहेको थियो । नेपाली साझा समाज जापानले स्थापनाकालदेखि नै नेपाली र जापनिज दुवै समुदाय लक्षित विविध सामाजिक कार्यहरू जापानको सरकारी निकायसँग नजिक रही गर्दै आएको छ । नेपाली समुदायलाई विविध उपयोगी सूचनाहरू प्रवाह गरेको, नेपालीहरूलाई भई परि आउने विविध समस्या समाधानमा उल्लेखनीय भूमिका खेलेको, विविध भोलेन्टियर कार्यहरू गरेको, नेपाली कला संस्कृति झल्कने विविध गतिनिधिमार्फत नेपाल र जापान बिचको कला संस्कृति आदानप्रदानमा उल्लेखनीय भूमिका खेलेको तथा पछिल्लो समयमा कोरोना महामारी सम्बन्धी सही सूचनाहरू नेपाली समुदायबीच पुर्‍याएर कोरोना रोकथाममा गुन्मा केनसँग सहकार्य गरेको कुराहरूलाई उच्च सम्मान गर्दै प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।

यसअघि नेपाली साझा समाज जापान र गुन्मा केनबीच आपसी सहकार्य गर्दै अघि बढ्ने एक विशेष सम्झौता भएको थियो  ।

तपाईको प्रतिक्रिया