मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो – जापान आफ्नो असामान्य र अत्यन्त सुन्दर वास्तुकलाका लागि प्रसिद्ध छ । यदि तपाईं ओकिनावा भ्रमणमा हुनुहुन्छ भने “नाहा हार्बर डिनर” रेस्टुरेन्टमा अवश्य जानुहोला ।

जापानको ओकिनावामा अवस्थित यो रेस्टुरेन्ट जमिनबाट ६ मिटर (२० फिट) माथि विशाल गाजुमारु रूख (बरगदको रूख- Banyan tree) को माथि बनाइएको छ । रुख माथि रहेको रेस्टुरेन्ट जानको लागि घुमाईएको सिँढी वा लिफ्टको प्रयोग गर्न सकिन्छ ।

रेस्टुरेन्ट यसको बनावटको साथ साथै शान्त र रमणीय वातावरणको लागि प्रख्यात छ । यस रेस्टुरेन्टमा स्थानीय अर्गानिक उत्पादनबाट बनेका जापानी, थाई, कोरियान, चिनियाँ र भारतीय खानाको स्वाद सँगै प्राकृतिक समुद्री दृश्यको आनन्द लिन सकिन्छ ।

यो जापानको आर्किटेक्चरको एक नमुना हो । यसको बनावटले नै सबैको ध्यान खिच्ने गर्छ । दुःखको कुरा, रूख भने वास्तविक गाजुमारुको बोट होइन, यो विशाल रुख कंक्रीटबाट बनाइएको हो । यद्यपि स्थानीय खाध्यबाट बनेको खाना, मनोरम दृश्य र अपत्यारिलो बनावटले गर्दा रेस्टुरेन्ट आकर्षक मानिन्छ ।***

तपाईको प्रतिक्रिया