मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

नीईगाता – विश्वका सबै देशमा आ-आफ्नै संस्कार र संस्कृति हुन्छ । विवाह गर्ने संस्कार पनि विभिन्न समुदायमा विचित्र कै छन् ।

जापानको नीईगाताको तोकामाचीमा यस्तो अचम्मको परम्परा छ जहाँ विवाहपछि गाउँका मानिसहरूले आफ्नो नव-ज्वाइँलाई हिउँमा फाल्ने चलन छ । यो प्रथामा पहिलो पटक ससुराली आएका ज्वाइँलाई “दुलहीको ख्याल राख्नुहोस् ” भन्ने आज्ञा र आशीर्वाद दिंदै १५ मिटर टाढासम्म हिउँमा फाल्ने गरिन्छ । यस्तो गर्नाले नयाँ विवाहित जोडीको दाम्पत्य जीवन सम्बन्ध सुमधुर हुने विश्वास रहेको छ ।

त्यसपछि नयाँ ज्वाइँलाई स्वागत स्वोरुप चामलको पेय पदार्थ आमाजाके पिउन बोलाउने चलन छ । यस वर्ष भने महामारीको कारण पिउने समारोह रद्द गरिएको थियो ।

नीईगातामा ३०० वर्ष अगाडी अपरिचित मानिसले गाउँको केटि बिहे गरेर लगे पछि ससुराली आउदा बदलाको रुपमा ज्वाइँलाई हिउँमा फालिएको थियो । यसरी सुरु भएको यो परम्परा यहाँ पछिल्लो ३०० वर्षदेखि मनाउने चलन छ ।

 

तपाईको प्रतिक्रिया