आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – कहिलेकाहीँ यस्तो पनि भइदिन्छ कि सामान्य सोचका साथ गरिएको कार्यले नसोचेको उपलब्धि हात लाग्छ । अनि त्यहीँ उपलब्धिले वर्षौ वर्षसम्म हासिल गर्न नसकिएकोे सफलता एकैपटक प्राप्त गर्न सकिन्छ । हो, त्यहि नसोचेको उपलब्धि अहिले नबिल बैंकले प्राप्त गर्दैछ ।

कोभिड–१९ को तिब्र संक्रमणकै बीच दशैं–तिहारलाई लिएर बैंकले डिजिटल कारोबारलाई सहयोग पुग्ने गरी आफ्नो कार्डको विज्ञापनमुलक भिडियो बनाएको थियो । सो भिडियोलाई आम दर्शकले कोभिड–१९ को महामारीको सम्बन्धमा बनाइएको चेतनामुलक भिडियोको रुपमा बुझ्दा निकै लोकप्रिय बनेको छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल समेत भएको छ ।

व्यवसायिक प्रयोजनका लागि बनाइएको सो भिडियोमा रहेको चेतनामुलक सन्देश नै भाइरल भएपछि बैंकका आधिकारीहरु समेत दंग परेका छन् । ‘हामीलाई यतिसम्म होला भन्ने लागेको थिएन । तर भिडियो भाइरल भइदियो । जुन भिडियोलाई लिएर अहिले सर्वसाधारणबाट राम्रो प्रतिक्रियाहरु आइरहेका छन् । यसले हामीलाई थप उत्साहित बनाएको छ’ बैंकका सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले भने ।

https://www.facebook.com/watch/?ref=external&v=407009100701676

 

तपाईको प्रतिक्रिया