Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – सर्जक युवराज आचार्यले रोइला गीत ‘स्कुटरमा चढौली…’ सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानल ‘युवराज आचार्य’बाट सार्वजनिक गीतमा उनलाई स्वरमा मिना लामाले साथ दिएकी छन् ।

युवराजकै शब्द संगीतमा बनेको गीतले माया प्रेमको भावलाई बालेको छ । विदेशमा रहेर पनि स्वदेशको कला संस्कृतिलाई फैलाउन महत्वपूर्ण मानिएको गीतले मौलिकता बोलेको छ । माया प्रेमको भावलाई रमाइलो तरीकारले प्रस्तुत गरिएको गीत श्रोता/दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।

जापानमै खिचिएको गीतको भिडिओमा सोना केसी र युवराजकै मुख्य अभिनय देख्न सकिन्छ । भिडिओको निर्देशन रबिन शर्माले गरेका छन् भने गीत रोशन कार्कीले खिचेका हुन् ।

तपाईको प्रतिक्रिया