आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं नेपालमा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार २५५ थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ४ सय २३ पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ७ हजार ७ सय ५२ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया