आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

रुपन्देही – रुपन्देहीमा मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने व्यक्तिहरूलाई कारबाही गरिएको छ । सरकारले कोरोना नियन्त्रणको लागि सबभन्दा भरपर्दो उपाय मास्कको प्रयोग भएको भन्दै मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने जो कोहीलाई पनि कारबाही गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार रुपन्देहीको भैरहवामा मास्क नलगाई हिँडेका ७० जनालाई कारबाही गरिएको छ । प्रदेश ५ प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार सिद्धार्थनगर नगरपालिकाका विभिन्न स्थानमा मास्क नलगाई हिँडेका उनीहरूलाई प्रहरीले सम्झाइ-बुझाइ छाडिदिएको हो ।

मंगलबार साँझ गस्तीमा हिँडेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापा सहितको टोलीले मास्क नलगाउने उनीहरूलाई कार्यालयमै बोलाई सम्झाइ-बुझाइ मास्क समेत वितरण गरी छोडिदिएको हो ।

तपाईको प्रतिक्रिया