आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रक्रिया पूरा भए पनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सृजना गर्नुपर्ने माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएकाहरुको माग छ । २ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारभन्दा बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।प्रदर्शनमा सहभागीहरुले ‘मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु’, ‘तिमीले त कुर्सी बचाउनला, हामीले जागिर कसरी बचाउने ?’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ लगायतका प्लेकार्ड बोकी नाराबाजी गरेका थिए । काेराेना संक्रमण फैलने डरले सरकारले ४ महिनादेखि हवाइ उडान बन्द राखेकाे छ ।

अलपत्र परेकाहरुको उद्धार गरिएपनि वैदेशिक राेजगारीमा जाने अवस्था भने सिर्जना हुन सकेकाे छैन । सरकारले आफ्ना मागहरु पूरा नगरे पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनीहरुको चेतावनी छ ।

तपाईको प्रतिक्रिया