सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो अहिलेको समयमा  कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सबैभन्दा उत्तम अभ्यास भनेको स्यानिटाइजर तथा मास्क लगायतको प्रयोग नै हो ।

यहीँ परिस्थितिलाई मध्यनजर गर्दै जापानी कम्पनीले अत्याधुनिक मास्क ‘सी-मास्क’ निर्माण गरेको घोषणा गरेको छ ।

उक्त स्मार्ट फेस मास्कका माध्यमबाट म्यासेज गर्न, फोन गर्न र जापानी भाषाबाट अन्य ८ भाषामा अनुवाद गर्न समेत सकिने जनाइएको छ ।

जापानी स्टार्टअप डोनट रोबोटिक्स कम्पनीले तयार गरेको ‘सी-मास्क’ मा ब्लुटुथ जडान गरिएको छ । ब्लुटुथका माध्यमबाट उक्त मास्क स्मार्टफोन र ट्याब्लेटमा एउटा एप डाउनलोड गरेपछि  कनेक्ट गर्न सकिने कम्पनीले जनाएको छ ।

यो मास्कले मान्छेले बोलेको भरमा म्यासेज वा फोन गर्न सकिने साथै आवाजलाई पनि ठूलो बनाइदिनेछ । उक्त मास्कलाई अर्को सामान्य मास्क माथि समेत लगाउन सकिन्छ ।

कम्पनीका अनुसार आउँदो सेप्टेम्बरबाट यसको व्यवसायिक उत्पादन थालिनेछ ।

यो मास्क  भविष्यमा  चीन, युरोप तथा अमेरिका लगायतका बजारमा समेत बिक्रि गर्ने लक्ष्य कम्पनीको छ ।

तपाईको प्रतिक्रिया