बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – चलचित्र विकास बोर्डको रिक्त रहेको अध्यक्षका लागि १० जनाको आवेदन परेको छ ।

बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको मंसिर २९ मा निधन भएपछि अध्यक्ष पद रिक्त थियो ।

गत १६ वैशाखबाट ३१ वैशाखसम्मका लागि दर्खास्त आह्वान गरेयता १० जनाले बोर्ड अध्यक्षका लागि आवेदन दिएका हुन् ।

आवेदन दिएकाहरूका लागि मन्त्रालयले ६ देखि ८ जेठसम्म मन्त्रालयमै अन्तरवार्ता राखिएको छ ।

आवेदन हालेका सिनेकर्मीहरूले अध्यक्षका लागि दौडधूप सुरु गरेका छन् । अहिलेको ऐनअनुसार दुई वर्षका लागि बोर्ड अध्यक्ष नियुक्त गरिन्छ ।

आवेदन दिनेहरुमा हाल बोर्डका सदस्यसमेत रहेका चलचित्र निर्देशक दयाराम दाहाल, चलचित्र निर्देशकहरु दीपक श्रेष्ठ, राजेन्द्रकुमार उप्रेती, परशुराम चौधरी, राजेश थापा, ध्यानबहादुर सुब्बा, भगवतीकुमारी मैनाली (भिमा) रहेका छन् ।

त्यस्तै अभिनेता एवं निर्माता भुवन केसी, अभिनेता सोहित मानन्धर र निर्माता अर्जुनकुमार डंगोलले पनि अध्यक्षका लागि आवेदन दिएका छन् ।

स्नातक उत्तीर्णलाई बोर्डले चलचित्र क्षेत्रमा काम गरेको एक दशकको अनुभव र प्रवीणता प्रमाणपत्र तहको उत्तीर्ण भएकालाई चलचित्र क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएकालाई अध्यक्ष पदका लागि आवेदन दिन आह्वान गरेको थियो ।

facebook sharing button Share
twitter sharing button Tweet
तपाईको प्रतिक्रिया