शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाएका थिए । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाएका थिए । नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।

विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेलिरहेको छ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग गर्दै आएको थियो । तर सिरिजका बाँकी दुई खेलमा विश्वकप जाने टोली मात्र प्रयोग हुने छ ।

तपाईको प्रतिक्रिया