आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौँ – आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।

नेपालको एतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र स्थानीय तहले विशेष रुपमा ‘चांैथो संविधान दिवस’ मनाउने तयारी गरेका छन् ।

दोस्रो पटक भएको संविधानसभाको चुनावबाट गठित संविधानसभाले निकै लामो मेहनत र सङ्घर्षबाट बनाएका संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा रामवरण यादवले जारी गरेका थिए ।

संविधान  चारवर्षमा आइपुग्दा संविधानले परिकल्पना गरेको नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुरुप तीन तहको सरकारको संरचना तयार गरी पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । मौलिक हकका कानून बनिसकेका छन् । प्रदेश र स्थानीय तहका कानून पनि धेरैजसो बनिसकेका छन् । संविधान सर्वमान्य रुपमा कार्यान्वयनमा आएको छ ।

तपाईको प्रतिक्रिया