Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – मानव जीवनका लागि पानी अत्यावश्यक पेय पदार्थ हो । स्वस्थ जीवनका लागि शुद्ध पिउने पानी अनिवार्य छ । यद्यपि, काठमाडाैं लगायत केही सहरका अधिकांश बासिन्दाले अझै पनि शुद्ध पानी खान पाएका छैनन् । उपत्यकामा शुद्ध भन्दै बिक्री–वितरण गरिने कतिपय पानी दूषित हुने गरेको गुनासो छ ।
कस्तो पानीले कस्ता रोग ?
– विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनले पनि बजारमा सहजै उपलब्ध करिब ६० प्रतिशत ‘मिनरल वाटर’ दूषित भएको बताएको थियो ।
– पिउनका लागि विकल्पका रूपमा ट्यांकर र इनारको पानी प्रयोग गरिन्छ । यद्यपि, यस्ता पानी पिउनका लागि शतप्रतिशत शुद्ध हुँदैनन् ।
– खोलाको पानी प्रशोधन नगरी सीधै प्रयोगमा समेत ल्याउने गरिएको छ । जसलाई हामी जार र ट्यांकरको पानी भन्दै नउमालिकन खाने गर्छौं । यस्तो दूषित पानीले मानव स्वास्थ्यमा असर पु-याइरहेको हुन्छ । झाडापखाला, कमलपित्त (जन्डिस), टाइफाइड, फुड पोइजनिङजस्ता  समस्याको जोखिम बढाउँछ ।
– जार तथा बोतलको पानीमा केमिकलमेत पाइने गरेको छ । यदि, पानीमा केमिकलको उच्च मात्रा भएमा दाँत बिग्रिनेसँगै पेटसम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ ।
– दूषित पानीमा पाइनो इकोली नामक ब्याक्टरिया स्वास्थ्यका दृष्टिकोणले निकै घातक मानिन्छ । त्यस्तै, प्यारासाइटजस्ता ब्याक्टेरियाले मौसमी रुघाखोकी (भाइरल इन्फ्लुएन्जा)जस्ता रोगको जोखिम उच्च गराउँछ ।  धेरै दिनसम्म जमेको पानीमा लामखुट्टे र विभिन्न ब्याक्टेरिया जन्मिने भएकाले इन्सेफलाइटिस, औलो र हैजाजस्ता महामारी फैलन सक्छ ।
– तरकारीबाली तथा अन्य कृषि क्षेत्रमा प्रयोग गरिने फोहोर पानीले समेत स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
– कमजोर स्वास्थ्य भएका व्यक्तिमा दूषित हावा, पानी र प्रदूषण मिसिएमा रुघाखोकी, ज्वरो, दम, निमोनियाजस्ता श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्या देखा पर्छन् । यस्ता समस्या चिसो मौसममा बढी देखिने गरेका छन् ।

कसरी बच्ने ?
– ट्यांकर, जार र बोतलको पानीसमेत शतप्रतिशत शुद्ध नहुने भएकाले उमालेर वा फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ ।
– लामो समयसम्म प्रयोगमा नल्याइएको इनारको पानी सीधै उपयोगमा ल्याउनुहुँदैन । इनारको पानी सकेसम्म छानेर मात्र प्रयोगमा ल्याउनुपर्छ ।
– पिउने मात्र नभएर फलफूल, तरकारी आदि पखाल्ने पानी पनि शुद्ध हुन आवश्यक छ ।

तपाईको प्रतिक्रिया