सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – नयाँ वर्षको अवसरमा आयोजना गरिएको ‘रंगिन साँझ-२’का लागि कलाकारको टुंगोसँगै लोकगायक कुलेन्द्र विक र गायिका रिता केसी जापान आउनुहुने भएको छ । नयाँ वर्षको अवसर पारेर जापानवासी नेपालीको मनोरञ्जनका लागि आउँदो अप्रिल १५ तारिक आइतबारका दिन टोकियोमा आयोजना गरिएको रंगिन साँझका लागि कलाकारद्वय विक र केसी जापान आउन लाग्नुभएको हो ।

टोकियोको नाकनो जेरो हलमा हुने ‘रंगिन साँझ-२’मा विक र केसीका साथै जापानमै रहेका गायक तथा संगीतकार रामकृष्ण बममल्ल, गायक सुर्य खड्का र युवराज आचार्यले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् । रंगिन संसार डटकमको आयोजना गर्न लागिएको यो कार्यक्रमको दोस्रो संस्करण हो । पहिलो पटक जापान आउन लाग्नुभएका लोकगायक कुलेन्द्र विकले कार्यक्रम भव्य हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै गायिका रिता केसीले आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिनुभयो ।

नयाँ वर्षको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि आयोजकले सबैलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया