आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका दक्षिण कोरियाली नागरिक सेउङ वन ली पोखरामा पक्राउ परेका छन् ।

अवैध लागुऔषध कारोबार गरेको अभियोगमा लीविरुद्ध इन्टरपोल महासचिवालयले सन् २०१६ को सेप्टेम्बरमा रेडकर्नर नोटिस जारी गरेको थियो । अवैध तरिकाले फिलिपिन्सबाट दक्षिण कोरियामा विभिन्न प्रकारका लागुपदार्थ आयात गर्दै आएका उनी ६ दिनदेखि अध्यागमन विभागको हिरासतमा छन् ।

नेपालमा ली पक्राउ परेको थाहा पाएपछि दक्षिण कोरियाबाट सुरक्षाकर्मीसहितको उच्चस्तरीय टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको स्रोतले जनाएको छ । उक्त टोलीले लीलाई सम्भवतः शनिबार सोल लैजाने छ ।

अध्यागमन विभागका प्रवक्तासमेत रहेका निर्देशक राजुप्रसाद पौडेलले लीलाई फिर्ता पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो  ।

तपाईको प्रतिक्रिया