गजल
कोही मान्छे नि आफ्नो यहाँ हैन रहेछ,
दुष्टहरु नभएको परदेश नि छैन रहेछ ।।
के के नै होला बिदेश भन्ने सोच्थे मैले तर,
प्रकृति नै उस्तै , मान्छे फरक रैन रहेछ ।।
यहाँ त मान्छेहरुको रुप चिन्नै गाह्रो भयो,
पैसासंगै इज्जत लुट्ने हरुकै बैन रहेछ ।।
कस्तो दुर्भाग्य ! छोरीचेली लुटुवाहरुकै,
ठूलो पद, ठूलै सम्मान अनि चैन रहेछ ।।
भन्थिन आमा जन्मनु नै दुर्भाग्य हो हाम्रो
छोरीको भाग्य नै पग्ली जाने मैन रहेछ ।।
-गल्कोट हरिचौर
हाल: जापान , टोकियो