मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – बंगलादेशसँगको पहिलो एकदिवसीय क्रिकेट दक्षिण अफ्रिकाले १० विकेटले जितेको छ ।

२ सय ७९ रनको लक्ष्य दक्षिण अफ्रिकाले कुनै पनि विकेट नगुमाई भेट्टाएको हो । दक्षिण अफ्रिकाका एण्टोन डे कक १ सय ६८ र हासिम अम्ला १ सय १० रनमा नटआउट रहे । यससँगै दक्षिण अफ्रिका एकदिवसीय क्रिकेटमा १० विकेटले अहिलेसम्मकै ठुलो लक्ष्य भेटाउने टीम पनि बनेको छ ।

१ सय ४५ बल खेलेका डे ककले २१ चौका र २ छक्का प्रहार गरे भने अम्लाले १ सय १२ बलमा ८ चौका प्रहार गरे । बंगलादेशका ७ जना बलरले बलिङ गरेपनि कसैले विकेट लिन सकेनन् । पहिले ब्याटिङ गरेको बंगलादेशका लागि मुस्फिकर रहिमले नटआउट १ सय १० बन बनाएका थिए ।

यो कीर्तिमानी प्रदर्शनपछि डे कक र अम्ला दक्षिण अफ्रिकाको सवैभन्दा उत्कृष्ट ब्याट्स्म्यानको जोडी पनि बनेको छ ।

तपाईको प्रतिक्रिया