Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल र वेस्ट इन्डिज एबीचको जारी टी-२० सिरिजको दोस्रो खेलमा नेपालले १६१ रनको लक्ष्य पाएको छ । त्रिवि मैदान कीर्तिपुरमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । उसले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको हो ।

१५ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा ९३ रन बनाएको वेस्ट इन्डिजले अन्तिम पाँच ओभरमा ३ विकेट गुमाउँदा ६७ रन जोड्यो । १५ ओभरसम्म रनमा अंकुश लगाएका नेपाली बलरले त्यसपछि १३.४० को रनरेटमा रन लुटाए । यसबेला दीपेन्द्रसिंह ऐरीले तीन ओभर बलिङ गरे । जसमा उनले ३९ रन दिएर एक विकेट लिए । यस्तै यो पाँचमध्ये एक ओभर बलिङ गरेका आकाश चन्दले त्यो ओभरमा १९ रन दिए ।

उनले समग्रमा तीन ओभरमा विना विकेट ३९ रन दिए । यो पाँचमध्ये एक ओभर सोमपाल कामीले गरेका थिए । जसमा उनले एक विकेट लिएर ९ रन दिएका थिए । २ ओभर मात्र बलिङ गरेका उनले १८ रन दिएर एक विकेट लिए ।

पावर प्लेमामा वेस्ट इन्डिज ले २ विकेटको क्षतिमा ३९ रन बनाएको थियो । नेपालका लागि स्पीनर सागर ढकालले एकै ओभरमा दुई विकेट लिए । उनले समग्रमा तेस्रो तथा आफ्नो ओभरको पहिलो बलमै वेस्ट इन्डिज ए का उपकप्तान अलिक अथेनाजलाई कुशल मल्लको हातबाट क्याच गराए ।

त्यस्तै उनले पाँचौँ बलमा अर्का ओपनर जोन्सन चार्ल्सलाई बोल्ड गरेका छन् । यस्तै कुशल भुर्तेलले पनि दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् । आजको खेलमा नेपालबाट चार जना स्पीनरले १५ ओभर बलिङ गरे भने दुई जना फास्ट बलरले ५ ओभर मात्र गरे । आज स्पीनरले रनमा अंकुश लगाए पनि फास्ट बलरले रन लुटाए ।

तपाईको प्रतिक्रिया