Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको छ । यो जितपछि नेपाल ५ खेलको सिरिजमा १–० ले अगाडि भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै, किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक–एक विकेट लिएका थिए । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौँ खेल मे ४ मा हुनेछ ।

तपाईको प्रतिक्रिया