Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण गर्न भन्दै ६ गुणासम्म मूल्य बढाएर जग्गा खरिद गरेको देखिएको छ ।

सांसदहरुका अनुसार निगमले झापामा खरिद गरेको २३ विघा ३ कट्ठा १३ धुरमध्ये करिब २१ विघा दुर्गममा पर्छ । उक्त क्षेत्रमा प्रतिकट्ठा जग्गाको मूल्य डेढदेखि २ लाख रुपैयाँ मात्र हो ।

तर निगमले ‘चलखेल गरेर प्रतिकट्ठा जग्गाको मूल्य १३ लाख ५१ हजार तिरेको छ ।‘ग्रामीण क्षेत्रमा कालोपत्रले छोएको जग्गाको मूल्य बढीमा ८ देखि १० लाख रुपैयाँ पर्छ ।

निगमले खरिद गरेको जग्गामध्ये २ विघामात्रै कालोपत्रले छोएको छ, अन्य क्षेत्रको जग्गा डेढदेखि दुई लाखमात्रै पर्छ,’ बुधबार सार्वजनिक लेखा समितिमा झापाका सांसद अमृतलाल राजवंशीले भन्नुभयो, ‘कट्ठाको दुई लाख पर्ने जग्गामा १३ लाख ५१ हजार तिरिएको छ ।

जग्गा खरिदमा धेरै आर्थिक चलखेल भएको छ ।’

तपाईको प्रतिक्रिया