Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – स्थानीय तहको दोस्रो चरणको चुनाव अन्तर्गत अब जम्मा एक स्थानको नतिजा आउन बाँकी रहेको छ । झापाको अर्जुनधाराको नतिजा गएराती सार्वजनिक भएपछि अब धरान उप महानगरपालिकाको मात्र बाँकी रहेको छ ।

झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । योसँगै एमालेले दोस्रो चरणमा मात्रै १ सय ५० स्थानमा विजयी हाँसिल गरेको छ । नेपाली कांग्रेसले १ सय २१ स्थानमा जितेको छ ।

माओवादी केन्द्रले ३८ स्थानिय तह जितेको छ । झापा अर्जुनधाराको मेयरमा एमालेका हरिकुमार राना १३ हजार २ सय ५४ मतसँंगै विजयी हुनुभएको हो ।

झापामा १५ तहमध्ये ७ मा एमाले, ५ मा कांग्रेस र ३ तहमा राप्रपा विजयी भएको छ । यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ ।

एमालेका मेयर उम्मेदवार तारा सुब्बा १४ हजार ७ सय २० मतसहित अग्रस्थानमा हुनुहुन्छ उहाँलाई कांग्रेसका प्रतिस्पर्धी तिलक राईले ११ हजार ६ सय २० मतसहित पछ्याइरहनु भएको छ ।

तपाईको प्रतिक्रिया