धनकुटा – धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा मतगणाना सुरु भएको छ । धनकटा नगरपालिकामा बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ भने अरु तहमा बिहान १० बजे पछि नै मतगणना गर्ने तयारी छ । धनकुटामा ४ गाउँपालिका र ३ नगरपालिका छन् ।
कुल ९५ हजार ३ सय ६७ मतदातामध्ये ६८ हजार ७ सय १६ जनाले मात्र मत दिएका छन् । धनकुटा नगरपालिकामा १८ हजार १ सय २९ मतदातामध्ये १३ हजार ६ सय १० मत खसालेका छन् । यस्तै पाख्रिबास नगरपालिकामा १३ हजार ९ सय ३० मध्ये ९ हजार ६ सय २४ मत खसेको छ ।
महालक्ष्मी नगरपालिकामा १५ हजार ७ सय ८३ मतदाता मध्ये ११ हजार १ सय ४७ ले मात्र मत खसालेका छन् । यस्तै छथर जोरपाटी गाउँपालिकामा १० हजार ७ सय ३७ मध्ये ७ हजार ६ सय ७२ मत खसेको छ । यस्तै खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका १० हजार ९ सय २८ मध्ये ८ हजार २६ मत मात्र खसेको छ ।
साँघुरीगढी गाउँपालिकामा १३ हजार ७ सय ७५ मत मध्येमा ९ हजार ८ सय ८० मत खसेको छ । चौबिसे गाउँपालिकामा १२ हजार ८४ मतदातामध्ये ८ हजार ७ सय ५७ मतदाताले मात्र भोट हालेका छन् ।