दाङ – दाङको राजपुर गाउँपालिकाको वडा नम्बर एकमा मत गणना भई रहेको छ । प्रारम्भीक मत परिणम अनुसार वडा नम्बर एकमा माओवादी केन्द्रले अग्रता लिएको छ ।
गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार श्याम बहादुर झाँक्रीले १ सय ६५ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका लोकराज केसीले १ सय १२ मत ल्याउनुभएको छ । एमालेका कुलराज केसीले भने ७० मत ल्याउनुभएको छ ।
त्यस्तेै उपाध्यक्षमा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका उपाध्यक्ष उम्मेद्वार पुष्पा यादवले १ सय ६५ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका उपध्यक्ष उम्मेद्वार धनपती यादवले १ सय १३ मत ल्याउनुभएको छ ।
एमालेका उपाध्यक्ष उम्मेद्वार सीता यादवले ६५ मत ल्याउनुभएको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङका अन्य स्थानीय तहमा पनि मत गणना भई रहेको छ ।