Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका परणबहादुर चन्द विजयी हुनु भएको छ । उहाँ ४ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो ।  उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जमनसिंह साउदले ३ सय २५ मत ल्याउनु भयो ।

वडा नम्बर १ मा एमालेका चन्दको प्यानल नै विजयी भएको हो । अहिले पञ्चेश्वरको वडा नं ६ को मतगणना भइरहेको छ । गाउँपालिका अध्यक्षमा एमालेले अग्रता लिएको छ ।

अध्यक्षमा एमालेका गोरखबहादुर चन्दले ५ सय ४२, नेपाली कांग्रेसका दिनेशबहादुर चन्दले ३ सय १० र माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३ सय ९८ मत ल्याउनु भएको छ । राप्रपाका विरेन्द्रबहादुर चन्दले १२ मत ल्याउनुभएको छ ।

यस्तै उपाध्यक्षमा एमालेका बिना भट्टले ५ सय २८, नेपाली कांग्रेसका विन्दु चन्दले २ सय ८४ र माओवादी केन्द्रका मञ्जु चन्दले ४ सय ५२ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया