Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

कास्की  – पोखरा लेखनाथ महानगरपालिका एमालेका मेयर उम्मेद्वार मानबहादुर जिसीले अग्रता लिनुभएको छ । उहाँले ३० हजार २ सय ९१ मत ल्याउनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरको २५ हजार ५ सय ६२ मत छ ।

त्यस्तै उपमेयरमा पनि एमालेकी मञ्जुदेवी गुरुङले ३१ हजार ३ सय ५८ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसकी सरस्वती गुरुङले २५ हजार ५ सय ५३ मतका साथ पछ्याईरहनुभएको छ ।

तपाईको प्रतिक्रिया