Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकमा नेपाली काँग्रेस अघि भएको छ । काँग्रेसका राजुराज जोशीले एमालेका विदया ससुन्दर शाक्यलार्इ उछिनेका हुन् । मत गणनाको सुरुवातबाट नै अग्रस्थानमा रहेका नेकपा एमालेका मेयर उमेद्वार विद्या सुन्दर शाक्यलार्इ पछि पार्दै कांग्रेसका राजुराज जोशीले अगाडी आउनु भएको छ ।

दिउँसो २ बजेसम्मको ताजा मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशीले ३ सय २१ मत प्राप्त गर्दै एमाले उम्मेद्वारलाई ७ मतले पछि पार्नु भएको हो । एमालेका विद्या सुन्दर शाक्यको ३ सय १४ मत रहेको छ । वडा नम्बर ३२को मतले कााग्रेस अगाडी आएको हो। १ नम्वरमा भने काँग्रेसको अनपेक्षित कम मत खसेको छ। यद्यपी साझा पार्टीका उमेद्वार किशोर थापाको पारिवारिक नाता भएको क्षेत्र भएका कारण उनलाई वढी मत नक्साल आसपासबाट वढी मत झरेको आँकलन गरिएको छ।

साझा पार्टीका किशोर थापाको २०४ मत छ भने विवेकशील नेपालीको रञ्जु दर्शनाको १६४ रहेको छ। माओवादी केन्द्रको ३० मत मात्र रहेको छ।

तपाईको प्रतिक्रिया