Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – मतगणना भइरहेका चारवटा महानगरपालिकामा नै एमाले अग्रता कायम गरेको छ। ललितपुर महानगरपालिकामा १७७, काठमाडौं महानगरपालिकामा १०, भरतपुर महानगरपालिकामा २०७ र पोखरा–लेखनाथ महानगरपालिकामा १८५ मतले एमालेले अग्रता कायम गरेको छ।

कहाँ कसको कति भोट

चितवनको भरतपुर महानगरपालिका प्रमुखमा एमाले उम्मेदवार देवी ज्ञवाली ९८० मत, माओवादी कांग्रेस गठबन्धनकी रेणु दाहाल ७७३ मत । एमालेकाविद्यासुन्दर शाक्य ३२४, कांग्रेसका राजुराज जोशी ३१४, साझा पार्टीका किशोर थापा १३३ विवेकशीलकी रञ्जु दर्शना न्यौपाने १०२ माओवादी केन्द्रका सर्वोत्तममान डंगोल ११ रनयाँ शक्तिका पवित्र बज्रचार्यले १५ मत प्राप्त गरेका छन्।

ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जकारले २५२६, कांग्रेसका चिरबाबु महर्जनले २३ सय ४९ मत प्राप्त गरेका छन्। पोखरा लेखनाथको प्रमुखका उम्मेदवार एमालेका मानबहादुर जिसीले १०६५ मत पाएका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्रका संयुक्त उम्मेदवार कांग्रेसका रामजी कुवँरले ८३१ मत पाएका छन्।

माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिए पनि पोखरा लेखनाथ १ बाट उसलाई ५१ जनाले भोट हालेको भेटिएको छ।

तपाईको प्रतिक्रिया