Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौं महानगरपालिका वरपरका १० मध्ये ७ नगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ । सम्बन्धित मत अधिकृतहरूले दिएको सूचनाअनुसार ७ नगरपालिकामध्ये गोकर्णेश्वर, चन्द्रागिरी र टोखामा कांग्रेस अगाडि छ भने तारकेश्वर, बुढानिलकण्ठ, शंखरपुरा र दक्षिणकाली नगरपालिकामा एमाले अग्रस्थानमा छ ।

चन्द्रागिरी नगरपालिकामा कांग्रेसले २२५६ मत ल्याएको छ भने दोस्रो स्थानमा रहेको एमालेको १११९ मत छ । यहाँ माओवादी केन्द्रको ७९३ मत छ। गोकर्णेश्वर नगरपालिकामा कांग्रेस ९४४ मत ल्याएर अगाडि छ। टोखा नगरपालिकामा पनि कांग्रेसले १९९१ मत ल्याएको छ । यहाँ एमाले १४२२ मतसहित उसलाई पछ्याइरहेको छ ।

तारकेश्वर नगरपालिकामा अग्रस्थान लिइरहेका एमाले उम्मेदवारले ७८७ मत ल्याएका छन् भने कांग्रेसले ६६७ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रको १०२ मत छ । बुढानिलकण्ठ नगरपालिकामा एमालेले १४९१ मतसहित अग्रता लिएको छ । यहाँ कांग्रेसको ११०९ मत छ भने माओवादी केन्द्रको ३३१ मत छ ।

शंखरपुर नगरपालिकामा एमाले १४८२ मतसहित पहिलो स्थानमा छ भने कांग्रेस ९१६ मत ल्याएर पछ्याइरहेको छ । यहाँ माओवादी केन्द्रले ११८८ मत ल्याएको छ । दक्षिणकाली नगरपालिकामा एमालेले १३०० मत ल्याएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १२०० मत ल्याएको छ ।

तपाईको प्रतिक्रिया