Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – गोरखामा जारी मतगणनाको पछिल्लो नतिजा अनुसार कांग्रेस १२ ठाउँमा बिजयी भएको छ । मुख्य निर्बाचन अधिकृतको कार्यालय स्रोतका अनुसार नेपाली काङ्ग्रेसका उम्मेद्बारहरु गोरखा नगरपालिकाको वडा नं. १ र २ बाट प्यानलसहित बिजयी भएका छन् ।

काँग्रेसका उम्मेदवार आरुघाट १ र २, गण्डकी २ र ३, सिरानचोक १ र २, चुमनुब्री ७ बाट बिजयी भएका छन् । चुमनुब्रीको वडा नं.१, २ र ५ बाट यसअघि नै निर्बिरोध निर्बाचित भइसकेका छन् । भीमसेन-१ मा पनि काँग्रेस उम्मेदवार बिजयी भएका छन ।  त्यस्तै माओवादी केन्द्रले अहिलेसम्म ७ स्थानमा बिजय हात पारेको छ ।

प्राप्त जानकारी अनुसार गण्डकी गाउँपालिका १, धार्चे गाउँपालिका २, सुलीकोट १ र २, अजिरकोट १ र चुमनुब्री ४ र ६ बाट माओावादी केन्द्रको प्यानल बिजयी भएको मुख्य निर्बाचन अधिकृत वसन्तराज पौडेलले बताउनु भयो ।  त्यस्तै नेकपा एमालेका उम्मेद्वारहरु गोरखा नगरपालिका ३ बाट प्यानलसहित बिजयी भएका छन् । धार्चे गाउँपालिकाको वडा नं. २, सहिद लखन गाउँपालिका १ र २ का अध्यक्ष पदमा पनि एमालेका उम्मेद्वार निर्बाचित भएका छन् ।

नयाँशक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईको गृहनगर पालुंङटार नगरपालिका वडा नं. १ मा नयाँशक्ति नेपालका अध्यक्षका उम्मेद्वार बिजयी भएका छन् । धार्चे गाउँपालिका -३ मा पनि नयाँ शक्तिका उम्मेदवार विजयी भएका छन । विजयी पार्टीहरुले नाराजुलुश सहित बजार परिक्रमा गरेर खुशीयाली मनाइरहेका छन् ।

तपाईको प्रतिक्रिया