Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

चितवन  – चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बन्नुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञावालीले अग्रता लिनुभएको छ ।

भरतपुर महानगरपालिकामा एक लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । अहिलेसम्म १५७५ मत गणना गर्दा मेयरमा (एमाले) देवी ज्ञवाली ७६१ मतका साथ अगाडि रहेका छन् । उहाँले दाहाललाई १५६ मतले पछि पार्नुभएको छ ।

मेयर

  • (एमाले) देवी ज्ञवालीः ७६१
  • (माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः ६०५

उपमेयर

  • (माओवादी–कांग्रेस गठबन्धन) पार्वती शाह ठकुरीः ७४०
  • (एमाले) दिव्या शर्मा आचार्यः ६२३
तपाईको प्रतिक्रिया